site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : बन्दीप्रत्यक्षीकरणको सुनुवाइ न्यायाधीशद्वय भट्टराई र फुयालको इजलासमा

काठमाडौं । ललितानिवास प्रकरणमा पक्राउ परेका आरोपितहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ । रिटको सुनुवाइ पहिलो नम्बरमै तोकिएको छ ।

असार १३ गते सर्वोच्च अदालतमा हदम्याद सकिसकेको मुद्दामा पक्राउ गरेको भन्दै निर्वाचन आयोगका पूर्वआयुक्त सधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका संस्थापक अध्यक्ष मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमको तर्फबाट रिट दर्ता भएको थियो । 

उक्त रिटहरूमा न्यायाधीश डा. कुमार चुडालको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । प्रहरीको तर्फबाट पक्राउ परेकाहरूलाई पक्राउ गर्नुको कारणसहितको लिखित जवाफ सोमबार पेस भएको हो । 

यस अघि दुई पटक सुनुवाइका लागि पेसी तोकिएको भएपनि एक पटक हेर्न नभ्याइने हुँदै र अर्को पटक स्वार्थ बाझिएका न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकेपछि सुनुवाइ स्थगित भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro