site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
साका बायर्न लेभरकुजेनमा अनुबन्धित 

काठमाडौं । जर्मन क्लब बायर्न लेभरकुजेनले ग्रानिट साकालाई आर्सनलबाट २५ मिलियन युरोमा अनुबन्धित गरेको छ । स्वीट्जरल्यान्डका ३० वर्षीय मिडफिल्डर साकालाई लेभरकुजेनले पाँच वर्षको लामो सम्झौतासहित भित्र्याएको हो ।

सन् २०१६ मा आर्सनलमा अनुबन्ध भएका साकाले २०१९ मा क्लबको कप्तानी सम्हालेका थिए । आर्सनलसँगको सम्झौत अवधि अझै एक वर्ष बाँकी रहे पनि उनले लेभरकुजेन जाने निर्णय गरेका हुन् ।

Dabur Nepal
NIC Asia

आर्सनलका लागि साकाले २९७ खेल खेलेर २३ गोल गरेका छन् । आर्सनलबाट सात वर्ष खेल्दा उनले दुईपटक एफए कपको उपाधि जिते ।

यसअघि, २०२१ मा आर्सनलले रोमाबाट साकाका लागि आएको १५ मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको थियो । र, सोही वर्ष साकाले आर्सनलसँगको सम्झौता सन् २०२४ सम्मका लागि नवीकरण गरेका थिए ।

गत सिजनको अन्तिम खेलमा आर्सनलले वुल्भ्सविरुद्ध ५–० को जित निकाल्दा साकाले दुई गोल गरेका थिए । खेलको अन्तिम समयमा उनलाई परिवर्तन गरिँदा साकाले रंगशालामा उपस्थित दर्शकबाट ‘स्ट्यान्डिङ ओभेसन’ पाएका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro