site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जातीय विभेद गर्नेलाई राज्यले कानुनी दण्ड दिनुपर्छ : उपेन्द्र यादव
Sarbottam CementSarbottam Cement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले सामाजिक रुपमा बहिष्कार र राज्यले कानुनी रुपमा दण्ड दिनुपर्ने बताएका छन् ।

बुधबार शिल्पी⁄दलित विशेष राष्ट्रिय समिति र जनता समाजवादी दलित मूक्ति संगठनद्वारा संयुक्त रुपमा आयोजित जातीय विभेदविरुद्ध खबरदारी कार्यक्रममा बोल्दै उनले राज्यले दण्ड दिनुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जातीय विभेदलाई नेपालमा संवैधानिक रुपले र कानुनी रुपले दण्डनीय मानेको र अन्तर्राष्ट्रिय कानुनले पनि जातीय विभेदलाई अमानवीय, मानवताविरोधी अपराधको रुपमा लिएको बताउँदै यस्ता विभेदहरु कानुनमा मात्र लेखेर नहुने धारणा राखे ।

“समाजबाट, व्यवहारबाट, पद्धति, रीति, रिवाज र चालचलनबाट जहाँ जुनरुपमा छ, त्यसलाई जरैदेखि उखेलेर फाल्नुपर्दछ,” अध्यक्ष यादवले भने, “अबको युगमा मान्छेलाई उसको क्षमता, योग्यता, चरित्र र उसले गरेको योगदानका आधारमा हेरिन्छ । नकि कुन जातमा जन्म्यो, कुुन कुलमा जन्म्यो भनेर हेर्ने युग हैन यो ।”

Global Ime bank

समाजमा विद्यमान सामन्तवादी चिन्तन, व्यवहार, प्रवृत्ति, विभेद र भेदभावका विरुद्ध सबै एकजुट हुनुपर्नेमा उनले जोड दिए । जबसम्म यी विभेद र भेदभाव कायम रहन्छन्, तबसम्म खबरदारी अभियान निरन्तर जारी रहने समेत यादवले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement