site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जिम्बाब्वेलाई हराउँदै स्कटल्यान्ड विश्वकप नजिक

काठमाडौं । घरेलु टिम जिम्बाम्बेविरुद्ध ३१ रनको जित निकाल्दै स्कटल्यान्डले भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको छ ।

मंगलबार जिम्बाब्वेको बुलावाओस्थित क्विन्स स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको २३५ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वेले ४१.१ ओभरमा सबै विकेट गुमाएर २०३ रनमात्र बनाउन सक्यो ।

जिम्बाब्वेका र्यान बर्लले ८३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । वेस्ली मडेभेरेले ४०, सिकन्दर राजाले ३४ रन जोडे । इनोसेन्ट काइया र सिन विलियम्सले समान १२ रन थपे ।

Dabur Nepal
NIC Asia

जिम्बाब्वेलाई रोक्न स्कटल्यान्डका क्रिस सोलले तीन विकेट लिए । खेलको ‘म्यान अफ दी म्याच’ समेत चुनिएका सोलले सात ओभरमा ३३ रन खर्चिए । ब्रान्डन म्याकमुलम र मिचेल लिएस्कले समान दुई विकेट लिए । सफ्यान सरिफ, मार्क वाट र क्रिस ग्रेभेसले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २३४ रनको योगफल खडा गरेको थियो ।

स्कटल्यान्डका मिचेल लिएस्कले ४८ रन बनाए । म्याथ्यु क्रसले ३८, ब्रान्डन म्याकमुलेनले ३४, जर्ज मुन्सेले ३१, क्रिस्टोफर म्याकब्रिडले २८, मार्क वाटले २१ र थोमस म्याकिन्टोसले १३ रन जोडे ।

जिम्बाब्वेका सिन विलियम्सले तीन विकेट लिएका थिए । टेन्डाइ चताराले दुई र रिचार्ड एन्गाराभाले एक विकेट लिए ।

जितसँगै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको स्कटल्यान्ड चार खेलबाट ६ अंक जोडेर सुपर सिक्सको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेलबाट ६ अंक जोडेको जिम्बाब्वे भने तालिकाको तेस्रो स्थानमा छ । यो हारसँगै जिम्बाब्वेको विश्वकप पुग्ने सम्भावना समाप्त भएको छ ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । जसमध्ये श्रीलंकाले अन्तिम खेलअगावै विश्वकपमा स्थान बनाइसकेको छ । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  २०:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro