काठमाडौं । ललितपुर महानगरबासी ज्येष्ठ नागरिकले अब घरघरमै आँखाको उपचार सेवा पाउने भएका छन् ।
नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिकाबीच महानगरका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूकोे निःशुल्क आँखा उपचार गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र, महासचिव भरतबहादुर चन्द, महानगर प्रमुख चिरिबाबु महर्जन र प्रमुख कार्यकारी अधिकृत गणेश अर्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार महानगरले नगरभित्रका जेष्ठ नागरिक र अपांता भएका नागरिकहरूको घरघरमै गएर स्वास्थ्य परीक्षण गर्नेछ । नेपाल नेत्रज्योति संघले आँखा जाँच तथा उपचारमा महानगरलाई प्राविधिक सहयोग गर्नेछ ।