site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
श्रीलंका एक खेलअगावै विश्वकपमा छनोट

 

काठमाडौं । पाथुम निसंकाको शतकप्रेरित श्रीलंकाले घरेलु टोली जिम्बावेमाथि नौ विकेटको सानदार जित निकल्दै आईसीसी एकदिवसीय विश्वकपमा स्थान बनाएको छ ।

आइतबार हरारेस्थित क्विन्स स्पोर्टस क्लबमा सम्पन्न सुपर सिक्सको खेलमा जिम्बावेले प्रस्तुत गरेको १६६ रनको लक्ष्य श्रीलंकाले ३३.१ ओभरमा विकेट गुमाउँदै भेट्टायो ।

Dabur Nepal
NIC Asia

श्रीलंकाको जितमा निसंकाले अविजित १०१ रन बनाए । निसंकाले १०२ बलमा १४ चौका प्रहार गरे । यसैगरी दिमुथ करुणारत्नेले ३५, कुशल मेन्डिसले अविजित २५ रन जोडे ।

निसंकाले पहिलो विकेटका लागि करुणारत्नेसँग १०३ तथा दोस्रो विकेटका लागि मेन्डिससँग अविजित ६६ रनको साझेदारी गरेका थिए ।

जिम्बावेका लागि एक मात्र विकेट रिचार्ड एन्गाराले लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले ३२.२ ओभरमा सबै विकेट गुमाएर १६५ रनको योगफल तयार पारेको थियो ।

जिम्बावेका लागि सेन विलियम्सले ५७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५६ रन बनाए । सिकन्दर राजाले ३१, रायन बर्लले १६, ब्रड इभन्स र कप्तान क्राइग एर्भिनले समान १४ रन जोड्दा लुक जोन्गवेले १० रन बनाएका थिए ।

श्रीलंकाका लागि महेश थिक्षणाले चार विकेट लिए । यस्तै, दिलसन मधुसंका तीन, मथिशा पथिरानाले दुई र दासुन सनकाले एक विकेट लिए ।

छनोटको सुपर सिक्समा जिम्बाब्वे र ओमानसँगै वेस्ट इन्डिज, श्रीलंका, स्कटल्यान्ड र नेदरल्यान्ड छन् । सुपर सिक्सबाट शीर्ष दुई टिमले यसै वर्ष भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro