site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कतार एयरवेजको एक उडान रद्द
फाइल तस्बिर : फेसबुकबाट ।

काठमाडौं । कतार एयरवेजको शनिबार एउटा उडान रद्द गरिएको छ । बेलुका ६ बजे काठमाडौंबाट दोहातर्फ जानुपर्ने विमानको उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

उनका अनुसार सो विमानमार्फत २६० यात्री दोहा जाने तय थियो । प्राविधिक समस्याका कारण उडान रद्द गरिएको उनले बताए ।

Dabur Nepal
NIC Asia

“टेक्निकल समस्या भएर रद्द भएको हो,” उनले बाह्रखरीसित भने । कतार एयरवेजको ६४७ उडान नम्बरको विमानको उडान रद्द गरिएको हो ।

२६० मध्ये १०५ यात्रीलाई आज बिहान अर्को विमानमार्फत दोहा पठाइएको उनले जानकारी दिए । सोही विमान तालिकाका बाँकी अरू यात्रीलाई आजै दिउँसो र बेलुकासम्म दोहा पठाइने तयारी रहेको उनले बताए ।

“२६० जनामध्ये १०५ जना आज बिहान अर्को फ्लाइटमा मिलाएर लगिसक्यो,” प्रवक्ता सिटौलाले भने, “१५५ जना बाँकीलाई आज दिउँसो र बेलुकीसम्म ६ बजेसम्म पठाउने सूचना प्राप्त छ ।”

उक्त विमान चालु अवस्थामा भए त्यसैबाट र नभए नियमित उडानमार्फत रोकिएका यात्रीलाई दोहा पठाइने तयारी रहेको उनले जानकारी दिए ।

उक्त विमानको मर्मतकार्य जारी रहेको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro