site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिटिजन्स बैंकले गर्‍यो ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्यउपचार, शिक्षा, मनोञ्ंजन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटाका कार्यक्रम प्रबन्धक समीक्षा शर्मालाई बैंकले उक्त चेक हस्तान्तरण गरेको हो ।

Dabur Nepal
NIC Asia

साथ हकुना मटाटामा रहेका ११ बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा कार्यक्रम प्रबन्धक शर्माले जानकारी दिए ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले १८५ वटा शाखा,  १४१ वटा एटीएम तीन वटा विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro