site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फिफा वरीयतामा एक स्थान खस्कियो नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा एक स्थान खस्किएको छ ।

फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक स्थान तल झर्दै १७५औँ स्थानमा छ । यसअघि नेपाल वरीयताको १७४औँ स्थानमा थियो ।

Dabur Nepal
NIC Asia

भारतमा जारी साफ च्याम्पियनसिपमा दुई खेलमा हार बेहोरेका कारण नेपालको वरीयता खस्किएको हो । नेपालले च्याम्पियनसिपको समूह चरणका खेलमा कुवेत र घरेलु टिम भारतसँग हार बेहोरेको थियो ।

नेपालले कुवेतसँग ३–१ र भारतसँग २–० को हार बेहोरेको थियो । च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको नेपालले अन्तिम खेलमा भने पाकिस्तानविरुद्ध १–० को जित निकालेको थियो । तर, दुई खेलमा हार बेहोरेका कारण नेपाल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिसकेको छ ।

दक्षिण एसियामा वरीयताको शीर्ष स्थानमा भारत यथावत् छ । भारत वरीयताको १००औँ स्थानमा छ । यस्तै, दक्षिण एसियाको दोस्रो स्थानमा रहेको माल्दिभ्स १५४औँ स्थानमा छ ।

तेस्रो स्थानमा नेपाल रहँदा चौथो स्थानको भुटान १८४औँ, पाँचौ स्थानको बंगलादेश १९२औँ, छैटौँ स्थानको पाकिस्तान २०१औँ र पुछारको श्रीलंका २०७औँ स्थानमा छ । श्रीलंका हाल फिफाको प्रतिबन्धमा छ ।

विश्व वरीयताको शीर्ष स्थानमा भने अर्जेन्टिना यथावत् छ । दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौँ स्थानमा बेल्जियम छन् ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro