खेल
काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।
खेलकुदका लागि अन्तिम छनोट प्रतियोगिताबाट समान दुई पुरुष/महिला गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन् ।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट भए । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छानिए । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदै छ ।
प्रकाशित मिति: बुधबार, असार १३, २०८० २२:२६
प्रतिक्रिया दिनुहोस्