site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
क्यूआर भुक्तानी सुविधाका लागि नमस्ते पे र फोन पेबीच सम्झौता
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्यूआरबाट भुक्तानी सेवा उपलब्ध गराउनका लागि फोन पे र नमस्ते पेबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतासँगै नेपालको अग्रणी पेमेन्ट नेटवर्कका रूपमा रहेको फोन पेको क्यूआर पेमेन्ट सुविधा नमस्ते पेमा पनि उपलब्ध भएको छ ।

अब, नमस्ते पेका प्रयोगकर्ताले क्यूआर कोड स्क्यान गरेर पनि भुक्तानी गर्न सक्नेछन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नमस्ते पे प्रयोगकर्ताले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यूआर भुक्तानी गर्न सक्ने कमपनीले जनाएको छ ।

सम्झौतामा हस्ताक्षर गरेपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत सापकोटाले नमस्तेपे फोन पेमा जोडिएसँगै भुक्तानी सेवा अझैं सहज बन्ने बताएका छन् ।

Global Ime bank

कार्यक्रममा उनले भने,“फोन पेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । अब नमस्ते पे प्रयोगकर्ताले फोन पे क्यूआर मार्फत पनि भुक्तानी गर्न सक्छन् । हामी विश्वस्त छौँ कि नमस्ते पेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ ।”

कार्यक्रममा नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत पोखरेलले ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै डिजिटल भुक्तानी सरल बनाउन प्रयासरत भएको बताएका छन् । 

उनले भने, “फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्तालाई १२ लाख भन्दा बढी मर्चेन्टमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ। यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकलाई निर्वाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भक्तानी अनुभव सुनिश्चित गर्दछ ।”

उनले अहिले नमस्ते पेमा युएसएसडी प्रणालीबाट अफलाइन भुक्तानीको सुविधा रहेको बताउँदै यसलाई भोलिका दिनमा थप विस्तार गर्ने बताएक छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय