site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
‘वाग्नर’ बेलारूस पुगेपछि नेटोले भन्यो– आफ्ना सदस्यको रक्षा गर्न तयार छौँ
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले आफ्ना पूर्वी युरोपेली सदस्यलाई बचाउन तयार रहेको बताएका छन् । रूसी निजी लडाकु वाग्नर ग्रुप बेलारूस गएसँगै आफ्ना पूर्वी युरोपेली सदस्यका लागि अस्थिरता सिर्जना हुनसक्ने भन्दै उनले रक्षाका लागि नेता तयार भएको बताएका हुन् ।

बेलारूसका राष्ट्रपति अलेक्ज्यान्डर लुकाशेन्कोले गरेको सम्झौताअन्तर्गत वाग्नरका मालिक येभगेनी प्रिगोजिन मंगलबार बेलारूस पुगेका छन् । रूसमा वाग्नरले शनिबार गरेको विद्रोह लुकाशेन्कोले नै गरेको सम्झौतापछि सोही दिन रोकिएको थियो ।

“वाग्नरले बेलारूसमा आफ्ना सिरियल किलर तैनाथ गर्याे भने सबै छिमेकी देशले अस्थिरताको अझ ठूलो खतरा सामना गर्नेछन्,” लिथुआनियाका राष्ट्रपति गितानास नौसेडाले नेटोका स्टोल्टनबर्ग र ६ वटा अन्य नेटो सदस्यका नेतासँग हेगमा भएको बैठक पछि भने ।

Prabhu Bank
Agni Group
NIC Asia

पोल्यान्डका राष्ट्रपति एन्ड्रेजेज डुडाले जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने सबै ३१ सदस्यको शिखर सम्मेलनको एजेण्डामा वाग्नरले नेटोलाई पारेको खतरा पनि समावेश हुने अपेक्षा गरेका छन् ।

“हामीले पहिले नै गठबन्धनको पूर्वी भागमा हाम्रो सैन्य उपस्थिति बढाइसकेका छौँ र आगामी शिखर सम्मेलनमा थप उच्च–तयारी सेना र अधिक क्षमतासहित हाम्रो सामूहिक रक्षालाई अझ बलियो बनाउन थप निर्णयहरू गर्नेछौँ,” स्टोल्टेनबर्गले भनेका छन् ।

Global Ime bank

यसबीच युक्रेनी अधिकारीले भने वाग्नरले गरेको विद्रोहपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको शासन कमजोर भएको भन्ने धारणा बलियो बनाइरहेका छन् । “मलाई लाग्छ काउन्टडाउन सुरु भएको छ,” युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका निकट सल्लाहकार एन्ड्री यर्माकले भनेका छन् ।

रूसी सरकारले चलाएको थियो वाग्नर

विद्रोहपछि राष्ट्रपति पुटिनको सरकार कमजोर नभएको र सुरक्षा एवं खुफिया निकायले संकटलाई निवारण गरिसकेको अधिकारीहरुको भनाइ छ ।

मङ्गलबार रूसको रक्षा मन्त्रालय, नेसनल गार्ड, एफएसबी सुरक्षा सेवा र गृह मन्त्रालयका सेनालाई पुटिनले सम्मान गर्दै भनेका छन्, “तपाईँले वास्तवमा गृहयुद्ध रोक्नुभयो । तपाईँले रूसी जनता र सैन्य शपथप्रति आफ्नो बफादारी प्रमाणित गर्नुभयो ।”

पुटिनले पहिलोपटक वाग्नर समूहलाई पूर्ण रूपमा रूसी संघीय बजेटले वित्त पोषित गरेको बताएका छन् । रक्षा अधिकारीहरूसँगको छुट्टै बैठकमा उनले स्वतन्त्ररुपमा सञ्चालनमा रहे पनि सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु भएयता एक अर्ब अमेरिकी डलर वाग्नर ग्रुपका लागि खर्च गरेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement