site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्यायाधीश सिफारिस गर्न न्याय परिषद्को बैठक बस्दै

काठमाडौं । न्याय परिषद्को बैठक आज बस्दै छ । न्यायाधीश सिफारिसको एजेन्डासहित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा पहिलो बैठक बस्न लागेको हो ।

न्यायाधीश सिफारिसका लागि बैठक बस्न लागेको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । बैठकबाट जिल्ला, उच्च र सर्वोच्च अदालत समेतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस हुन सक्ने उनले बताए ।

“बैठकको एजेन्डा न्यायाधीश सिफारिस रहेको छ । कुन–कुन अदालतका न्यायाधीश सिफरिस हुन्छन् भन्ने अहिले नै भन्न सकिँदैन,” उनले बाह्रखरीसित भने ।

कार्कीका अनुसार सर्वोच्चमा ६ न्यायाधीश सिफारिस गर्न सकिनेछ । उच्च अदालतमा ६ मुख्यसहित ४१ न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ११:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro