site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तपाईंका बालबालिकामा पनि मोबाइलको लत त बसेको छैन ?
तस्बिर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Tiktok banner adTiktok banner ad

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोबाइलको लतले बालबालिकाको सर्वाङ्गीण विकासमा असर गर्ने जनाएको छ । बालबालिकाले आफैँ मोबाइल नचलाउँने भन्दै मन्त्रालयले अभिभावकले अत्याधिक मोबाइल प्रयोग गर्दा उनीहरूले पनि देखेर सिक्ने र लत बस्ने जनाएको छ । 

मन्त्रालयका अनुसार मोबाइलको लत लागेका बालबालिकामा निन्द्रा ढिलो लाग्ने, निन्द्रा पातलो हुने र निन्द्राबाट पटक–पटक ब्युझने समस्या देखिन्छ । 

“आफ्नो सजिलो र छिटोको लागि बालबालिकालाई मोबाइल देखाएर खानेकुरा नखुवाऔँ,” मन्त्रालयले भनेको छ, “मोबाइल देखाएर बालबालिकालाई खाना खुवाउनाले बालबालिकाले आफूले के कुरा खाइरहेको छु, कस्तो खानेकुरा कस्तो स्वादको खानेकुरा खाइरहेको छु भनेर थाहा पाउँदैनन् जसका कारण पोषण सम्बन्धित समस्या, पाचन प्रणालीमा समस्या हुन सक्छ ।”

खाना खुवाउँदा अभिभावकले बच्चाहरूसँग बोलेर खेलेर, डुलाएर. गीत गाएर तथा उनीहरूको हाउभाउमा प्रतिक्रिया दिँदै खुवाउनु पर्नेमा मन्त्रालयको जोड छ । 

मोबाइलमा लत लागेका बालबालिकामा एकोहोरो हुने लक्षण देखिँदै जाने, रिसाउने, झर्किने रुने, दोहोरो कुरा नगर्ने हुन सक्ने मन्त्रालयको भनाइछ ।  “यसले बच्चा ठूलो हुँदै जाँदा झन् खान नमान्ने वा राम्ररी नचपाई खानेकुरा छिटो निल्ने पनि हुन सक्छन्,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “सुत्नुभन्दा अगाडि मोबाइल हेरेका बालबालिकामा मोबाइल स्क्रिनबाट आउने उज्यालोले निन्द्रा लाग्ने हर्मोन उत्सर्जनमा समस्या हुने तथ्य पाइएको छ ।”

मष्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमा नै असर पुर्याउने मन्त्रालयको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro