site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्वकपका लागि भारत यात्राको मूल्यांकन गर्दै पाकिस्तान 

काठमाडौं । पाकिस्तानको विदेश मन्त्रालयले भारतमा हुने एकदिवसीय विश्वकपमा सहभागिताका लागि ‘सबै पक्षको मूल्यांकन’ गरिरहेको बताएको छ ।

राजनीतिक तिक्तताका कारण यी दुई देशबीचको खेल सम्बन्ध पनि सहज छैन । त्यसै कारण पछिल्लो एक दशकयता भारत र पाकिस्तानले एसीसी र आईसीसीका प्रतियोगिताबाहेक अन्य दुई देशीय शृंखला खेलेका छैनन् ।

Dabur Nepal
NIC Asia

पाकिस्तानबाट गत महिना विदेशमन्त्री बिलावाल भुट्टो–जर्दारीले गोवामा भएको सांघाई कर्पोरेसन अर्गनाइजेसनको बैठकका लागि भारत भ्रमण गरेका थिए । भुट्टोको यो भ्रमण पाकिस्तानका शीर्ष अधिकारीले पछिल्लो नौ वर्षमा गरेको पहिलो थियो । 

विदेश मन्त्रालयका प्रवक्ता मुमताज जाहरा बलोचले पाकिस्तानले “राजनीतिलाई खेलकुदसँग मिसाउनु हुँदैन” भन्ने धारणा राखेको बताइन् ।

“पाकिस्तानमा क्रिकेट नखेल्ने भारतको रणनीति निराशजनक छ,” बलोचले भनिन्, “हामी पाकिस्तानी क्रिकेटरहरूको सुरक्षा अवस्थालगायत विश्वकपमा हाम्रो सहभागितासम्बन्धी सबै पक्षहरूलाई अवलोकन र मूल्यांकन गरिरहेका छौँ । र, हामी समयमै पाकिस्तान क्रिकेट बोर्डलाई हाम्रो विचार प्रस्तुत गर्नेछौँ ।”

पाकिस्तानको सहभागितामा आशंकाका कारण विश्वकप सुरु हुन तीन महिना मात्रै बाँकी रहँदा पनि यसको मिति र स्थान निश्चित हुन सकेको छैन ।

भारतले अगस्ट ३१ बाट सुरु हुने एसिया कपका लागि पाकिस्तानको यात्रालाई अस्वीकार गरिसकेको छ । जवाफमा पाकिस्तानले एसिया कपको आयोजक अधिकार गुमाएमा भारतमा हुने विश्वकप बहिष्कार गर्ने धम्की दिएको छ ।

यी दुईको तनावमा सहमति खोज्दै एसियाली क्रिकेट काउन्सिलले क्षेत्रीय प्रतियोगिता ‘हाइब्रिड मोडल’ मा चार खेल पाकिस्तानमा र बाँकी ९ खेल श्रीलंकामा आयोजना गरिने बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro