site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
क्रिकेट टिमलाई ओलीको हौसला– नेपाल फर्किएपछि सँगै खाना खाने गरी भेटौँला

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेदरल्यान्ड्सबीचको क्रिकेट खेल आफूले ‘लाइभ’ हेरेको बताएका छन् । शनिबार भएको उक्त खेलमा नेदरल्यान्ड्स ७ विकेटले विजयी भएको थियो । त्योसँगै आईसीसी क्रिकेट विश्वकप छनोटको ‘सुपर सिक्स’मा प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको छ ।

अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत कहिलेकाहीँ मिहिनेतका बाबजुद पनि परिणाम प्राप्त हुन नसक्ने उल्लेख गरेका छन् । ‘यात्रा जारी छ’ शीर्षकमा उनले यसबाट निराश हुन नहुनेमा जोड दिएका छन् ।

Dabur Nepal
NIC Asia

परिणाम अपेक्षकृत नभए पनि मिहिनेत कमजोर नभएको भन्दै उनले नेपाली क्रिकेट टिमलाई धन्यवाद दिएका छन् ।

टिम नेपाल फर्किएपछि सँगै खाना खाने गरी भेटौँला भन्दै उनले एउटा असफलता यात्राको अन्त्य नभएको बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०९:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro