site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेदरल्यान्ड्ससँग हार : विश्वकप छनोटको समूह चरणबाटै बाहिरियो नेपाल

काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटले पराजित भएपछि आईसीसी क्रिकेट विश्वकप छनोटको ‘सुपर सिक्स’मा प्रवेश गर्ने नेपालको सम्भावना समाप्त भएको छ ।

शनिबार ताकासिंगा स्पोर्ट्स क्लबमा नेपालले प्रस्तुत गरेको १६८ रनको सामान्य लक्ष्य २७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्दै नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान निश्चित गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा ओपरन म्याक्स ओडोडले ९० रन बनाए । उनले ७५ बलमा आठ चौका र चार छक्का प्रहार गरे । बास डे लिडे ४१ रनमा अविजित रहे । विक्रमजित सिंह ३० रनमा आउट भए ।

Dabur Nepal
NIC Asia

ब्याटिङसँगै बलिङमा पनि फितलो देखिएको नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।

नेपालका कुनै पनि ब्याटरले जिम्बाब्वेविरुद्ध खुलेर खेल्न सकेनन् । नेपाली टिमको खातामा कप्तान रोहितकुमार पौडेलले ३३ रन बनाए । सन्दीप लामिछानेले र कुशल भुर्तेलले समान २७ रन जोडे । भीम सार्कीले २२, गुल्सन झाले १५, दीपेन्द्रसिंह ऐरीले १४ र कुशल मल्लले १२ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लोगन भान बीकले चार विकेट लिए । विक्रमजित सिंह र बास डे लिडेल समान दुई विकेट लिए । क्लाटोन फ्लोएड र आर्यन दत्तले एक/एक विकेट लिए ।

छनोटको समूह ‘ए’मा रहेको नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकालाई ६ विकेटको हराएको थियो । नेपालले तेस्रो खेलमा वेस्ट इन्डिजसँग १०१ रनको पराजय व्यहोरेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको नतिजासँगै समूह ‘ए’बाट सुपर सिक्समा प्रवेश गर्ने तीन टोलीको टुंगो लागेको छ । यो समूहबाट वेस्ट इन्डिज, जिम्बाब्वे र नेदरल्यान्ड्स सुपर सिक्समा प्रवेश गरे । समूह विजेता, उपविजेता र तेस्रो स्थानको टुंगो भने लाग्न बाँकी छ । नेपाल र अमेरिका छनोटको समूह चरणबाटै बाहिरिए ।

जिम्बाब्वेमा जारी छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro