site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
जिम्बाब्वेले वेस्ट इन्डिजलाई हरायो 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजले जिम्बाब्वेसँग ३५ रनको हार व्यहोरेको छ ।

शनिबार जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा घरेलु टिमले २६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजले ४४.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका काइल मायर्सले ५६ रन जोडे । रोस्टन चेजले ४४, निकोलस पुरनले ३४ र कप्तान साई होपले ३० रन बनाए । ब्रान्डन किङ र जासन होल्डरले १९ रनको योगदान गरे ।

Dabur Nepal
NIC Asia

जिम्बाब्वेका टेन्डाई चताराले तीन विकेट लिए । ब्लेसिङ मुजराबानी, रिचार्ड एन्गाराभा र सिकन्दर राजाले समान दुई विकेट लिए । बेलिंटन मसाकाड्जाले एक विकेट झारे ।

त्यसअघि, टस हारेर ब्याटिङमा थालेको जिम्बाब्वेले ४९.५ ओभरमा सबै विकेट गुमाएर २६८ रन बनाएको थियो ।

जिम्बाब्वेका सिकन्दर राजाले ६८ रनको योगदान गरे । र्यान बर्लले ५० रन थपे । कप्तान काइग एर्भिनले ४७, जोएलर्ड गम्बीले २६, सिन विलियम्सले २३ र ब्लेसिङ मुजराबानीले ११ रन जोडे ।

वेस्ट इन्डिजका किमो पाउलले तीन विकेट लिए । अल्जारी जोसेफ र अकेइल हुसैनले समान दुई विकेट लिए । काइल मायर्स र रोस्टन चेजले समान एक विकेट झारे ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको जिम्बाब्वे समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंकको वेस्ट इन्डिज तेस्रो स्थानमा छ । यो समूहबाट जिम्बाब्वे, नेदरल्यान्ड्स र वेस्ट इन्डिज सुपर सिक्समा प्रवेश गरिसकेका छन् । समूहको पुछारका दुई टिम नेपाल र अमेरिका समूह चरणबाटै बाहिरिएका छन् ।

छनोट प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै जिम्बाब्वे, नेदरल्यान्ड्स, वेस्ट इन्डिज र अमेरिका छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), श्रीलंका, स्कटल्यान्ड, आयरल्यान्ड र ओमान छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट शीर्ष दुई टिम यसै वर्ष भारतमा हने एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  २२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro