site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
‘सरकार परिवर्तन हुने कुरा हल्ला मात्र’
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दलका नेताहरूले वर्तमान सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनीहरूले सरकार परिवर्तन हुने कुरा हल्ला मात्र भएको बताए ।

नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले तत्काल आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार नढल्ने जिकिर गरे । उनले सरकार परिवर्तन हुने सम्भावना एक प्रतिशत पनि नरहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले देशमा विद्यमान सबैखाले समस्याको हल गर्न प्रमुख दलहरू गम्भीर हुनुपर्नेमा जोड दिए ।

यस्तै, नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले वर्तमान सरकार परिवर्तन गर्ने आफूहरूको कुनै तयारी र योजना नरहेको स्पष्ट पारे । उनले कांग्रेस नेकपा (एमाले)सँग मिलेर सरकार बनाउन लागिपरेको भन्न्ने कुरामा कुनै सत्यता नभएको भन्दै त्यसलाई हल्लाको संज्ञा दिए ।

अहिलेको संसद्को बनोटले पनि कुनै एक दलले सरकार चलाउने अवस्था नभएकाले आफूहरू गठबन्धनको ‘कल्चर’मा गएको उनले बताए ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले नेपालको इतिहासमा एउटै पार्टीले बहुमत ल्याएको भए पनि त्यसले देश निर्माण र अवधि पूरा गर्न नसकेपछि गठबन्धन र मोर्चाको आवश्यकता अनुभूत भएको बताए । पाण्डेले मुलुकको समृद्धिका निम्ति वर्तमान सत्ता गठबन्धन बनाएको र यसमा तलमाथि गरिए जनताले छुट नदिने उल्लेख गरे ।

एमालेका युवा नेता माधव ढुंगेलले भने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्र भएको टिप्पणी गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उनको भनाइ थियो ।

नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro