site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेन्सरले एकपटक फिर्ता गरेको ‘परस्त्री’ले पायो पीजी सर्टिफिकेट 

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परस्त्री’ले सेन्सर बोर्ड (केन्द्रीय चलचित्र जाँच समिति)बाट रिलिजका लागि अनुमति पाएको छ । सेन्सर बोर्डले आज पीजी सर्टिफिकेट दिएपछि ‘परस्त्री’ले रिलिजका लागि अनुमति पाएको हो । 

चलचित्रमा रहेका केही सिन हटाए र केही सिन ब्लोर गरेपछि बोर्डले पीजी सर्टिफिकेट दिएको हो । अब यो सिनेमा हेर्न १६ वर्षमुनिका बालबालिकाले अभिभावक लिएर मात्रै हल जानु पर्नेछ ।  

यसअघि सेन्सर बोर्डले चलचित्रमा रहेका केही सिन नहटाउँदासम्म रिलिजका लागि अनुमति दिन अस्वीकार गरेको थियो । 

सुरज पाण्डेको डेब्यु निर्देशन ‘परस्त्री’मा शिल्पा मास्के कोसिस क्षेत्री, गौरव विष्ट मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।  

असार १५ गते नेपाल र भारतमा चलचित्र एक साथ रिलिज हुँदै छ । हिन्दी र नेपाली भाषामा बनेको चलचित्र भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

रिलिजको अनुमति नपाएको ‘परस्त्री’ निर्माण पक्षले अब के गर्छ ?

यसैबीच, ‘परस्त्री’को लिरिकल भिडियो गीत पनि आज सार्वजनिक गरिएको छ । सिनेमाकी मुख्य पात्र आभ्याको जन्मदिनको सेटअपका तयार पारिएको सार्वजनिक गीतले सिनेमाको कथाको बारेमा प्रस्ट्याउने निर्माण पक्षले जनाएको छ ।

‘जीवन भनेको’ बोलको गीतमा सिनेमाका मुख्य कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टका चल अचल दृश्यहरु समावेश गरिएको छ । केके ब्रदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको संगीत संयोजन उदयराज पौडेलको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro