site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टी एकताका लागि माओवादीको जवाफ कुर्दै नेसपा
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)बीच एकता हुने चर्चा केही समयदेखि चल्दै आएको छ । चार दल मिलेर गठन गरिएको समाजवादी मोर्चामा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेसपा सामेल नगराएपछि एकता प्रक्रिया अघि नबढ्ने आशंका पनि राजनीतिक वृत्तमा भइरहेको छ ।
 
नेसपाका सह–अध्यक्ष एंव वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ पार्टी एकताका लागि मोर्चा निर्माणले अवरोध नगर्ने बताउँछन् । मोर्चा निर्माण र पार्टी एकताको विषय फरक भएको उनको भनाइ छ । समाजवादी मोर्चा सरकार टिकाउन गणीतिय खेलका लागि भए जनताका लागि सुखद् रहेने उनको टिप्पणी छ । 

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँगको भेटघाटमा उनले आफूहरु एकताबारे थप निर्णय गर्न माओवादीको जवाफको प्रतिक्षामा रहेको बताए । माओवादीले असार महिनाभित्र एकताबारे पार्टी बैठकको निष्कर्ष सुनाउने जवाफ दिएको उनले जानकारी दिए ।
 
“दुई पार्टीको एकताका लागि वार्ता समिति बनाएर पटकपटक वार्ता गर्यौं । हामीले एकताका निम्ति आधार प्रस्ताव प्रस्तुत गरेका छौं । हामीले पठाएको आधार प्रस्तावको औपचारिक जवाफको प्रतिक्षामा छौं,” श्रेष्ठले भने, “यो महिनाभित्र पार्टी केन्द्रीय कमिटीको बैठक बसेर तपाईंहरुलाई औपचारिक जवाफ दिन्छौं भन्नुभएको छ, त्यसको पर्खाइमा छौं । जवाफ आइसकेपछि ठोस निर्णय गरेर अघि बढ्छौं ।”

नेसपाले माओवादीलाई पार्टीको नाम, विचार, सिद्धान्त, नेतृत्व, संगठनलगायत विषयमा ८ पृष्ठ लामो आधार प्रस्ताव पठाएको छ । माओवादीले त्यसको जवाफ केन्द्रीय कमिटीबाट दिने भनिए पनि बैठकको टुंगो लागेको छैन ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro