site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बाइडेनले चिनियाँ राष्ट्रपतिलाई भने– तानासाह

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई 'तानासाह' भनेका छन् ।

गत आइतबार र सोमबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमणका गरेका थिए । त्यहाँ उनले आफ्ना समकक्षी एवं उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

त्यसको एकदिनपछि मंगलबार क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई 'तनाशाह' भनेका हुन् ।

Dabur Nepal
NIC Asia

अमेरिकाले कथित चिनियाँ जासुसी बेलुनलाई गोली हानेपछि सी लज्जित भएको बाइडेनको  गरेका छन् ।

''सी चिनफिङ धेरै रिसाउनुको कारण जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स रहेको बेलुनलाई गोली हानेको थिएँ, त्यतिबेला बेलुन कहाँ छ भन्ने उनलाई थाहा थिएन,'' बाइडे‍नको भनाइ छ । 

बाइडेनले अगाडि भनेका छन्, ''तानासाहहरूका लागि के भयो भन्ने थाहा नहुनु ठुलो लज्जाको कुरा हो ।''

गत फेब्रुअरीमा अमेरिकी सैन्य विमानले कथित चिनियाँ जासुसी बेलुनलाई खसालेको थियो । चीनले भने त्यो मौसमी तथ्यांक संकलन गर्ने बेलुन भनेको थियो ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बाइडेनको टिप्पणी 'बेतुक र गैरजिम्मेवारपूर्ण' रहेको प्रतिक्रिया दिएकी छन् ।

बुधबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्ता टिप्पणीहरू कूटनीतिक शिष्टाचारको उल्लङ्घन गर्ने 'खुला राजनीतिक उत्तेजना' भएको बताएकी छन् ।

बीबीसीबाट । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  २०:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro