site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
समाजवादी मोर्चामा सहभागी नहुँदैमा माओवादी केन्द्रसँगको एकता रोकिन्न : नेसपा सहअध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले आफूहरुलाई थाहा नदिइकनै समाजवादी मोर्चा घोषणा गरिएको बताएका छन् ।

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टीलाई थाहा नै नदिइकन समाजवादी मोर्चा नेपालको घोषणा भएको मंगलबार बताए । मोर्चा निर्माणको लागि विगतमा आफ्नो पार्टीसँग छलफल चलेको भए पनि निर्णायक बेलामा आफूहरुलाई खबर नभएको बताए । 

केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईका बीचमा तत्काल समाजवादी मोर्चा गठन नहुने र गर्दा सल्लाहमै गर्ने सहमति भएको बताउँदै उनले अचानक घोषणा हुनुले आश्चर्य लागेको बताए ।

Dabur Nepal
NIC Asia

“...जुन मोर्चा घोषणा भइराखेको छ, म आफैँलाई पनि अलिकति आश्चर्य त लागेको छ । खैर, जे होस्, यो विषयमा अहिले धेरै टिकाटिप्पणी गर्नुभन्दा पनि उहाँहरुले समाजवादी मोर्चा बनाउनुभएको छ । राम्रो सँग चलाउनुहोस्, त्यसमा हाम्रो शुभकामना छ,” उनले भने, “विरोध केही छैन । तर बजार हल्ला चलेको जस्तै साँच्चै कोही व्यक्ति कसैले फलानो बसे म बस्दिनँ, फलानो पार्टी रहे हाम्रो पार्टी रहँदैन भनेर यदि भनेको हो भने यो मोर्चाले सार्थकता पाउलाजस्तो मलाई लाग्दैन ।”

सहअध्यक्ष श्रेष्ठले समाजवादी मोर्चा नेपालले देशलाई समाजवादी बनाउन सफल हुन्छ अथवा सत्ता समीकरणमा मात्रै रुमल्लिन्छ भन्ने प्रश्न उब्जिएको बताए । समाजवाद निर्माण गर्ने उद्देश्यले मोर्चा बनेको भए आफ्नो पार्टी पनि त्यसमा सहभागि हुने भन्दै उनले सत्ता समीकरणका लागि अंक गणितीय दाउपेचमा मोर्चा बनेको हो भने मोर्चा बारे सोच्नुपर्ने बताए ।

समाजवादी मोर्चालाई अहिले नै शंका गर्न नहुने उनको भनाइ छ । सञ्चारमाध्यममा आएजस्तो उपेन्द्र यादवले डा. बाबुराम भट्टराईलाई मोर्चामा आउन नदिएको हो भने त्यस्तो साँघुरो सोचाइबाट समाजवाद निर्माण हुन नसक्ने उनले बताए ।

“...उपेन्द्रजीले नै बाबुरामजीलाई ल्याउन हुँदैन, या जनता समाजवादी पार्टीले नेपाल समाजवादी पार्टीलाई यो मोर्चामा ल्याउनु हुँदैन भनेको रहेछ भने, र नल्याइएको हो रहेछ भने त्यो त कसरी समाजवादी मोर्चा हुन्छ ?,” उनले प्रश्न गरे, “त्यति साँघुरो सोचाइबाट एउटा बृहत्तर, उदार ढंगको समाजवाद कसरी निर्माण हुन्छ ? यो प्रश्न त उठ्छ ।”

सहअध्यक्ष श्रेष्ठले नेपाल समाजवादी पार्टी मोर्चामा सहभागी नहुनुले माओवादी केन्द्रसँगको एकता प्रक्रियामा असर नपार्ने बताए । राजनीतिक एजेण्डा, मुद्दा, विचारका आधारमा दुई पार्टीको बीचमा एकता हुने उल्लेख गर्दै उनले समाजवादी मोर्चामा सँगै नभएका कारण प्रधानमन्त्री दाहाल र बाबुरामको सम्बन्ध नबिग्रिएको बताए ।

“प्रचण्डले बाबुरामको मुख हेरेर या बाबुरामले प्रचण्डको मुख हेरेर एकता प्रक्रियाको कुरा त चलेको होइन नि । त्यसमा विचारकै कुरा छ, राजनीतिक एजेण्डाकै कुरा छ । त्यसकारण यी दुईवटा पार्टीको बीचमा राजनीतिक एजेण्डा, मुद्दा, विचारको बीचमा सापेक्षिक रुपमा जुन समानता छ, त्यो समानताको कारणले एकता गरौँ भन्ने हो,” उनले भने, “त्यसले गर्दा नेताहरुको सम्बन्धले यत्रो वैचारिक कुरालाई नै, राजनीतिक मुद्दालाई नै यसले तलमाथि पार्छ जस्तो मलाई लाग्दैन ।”

उनले माओवादी केन्द्रसँग नेसपाको एकता प्रक्रिया अगाडि बढिसकेको पनि बताए । नेसपाले एकताको आधारपत्र माओवादी केन्द्रलाई बुझाइसकेको र माओवादी केन्द्रको औपचारिक जवाफ कुरेको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro