site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गोकर्ण विष्टको प्रश्न– जुनसुकै कम्पनीले उत्पादन गरेको बिजुली भारतले किन्छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद गोकर्ण विष्टले सरकारले विद्युत्को आन्तरिक खपत बढाउन नसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

अहिले पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको उनले उल्लेख गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने विषय चर्चामा आएको उनले बताए । तर, जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा कुनै सहमति भएको छ ? भन्दै सांसद विष्टले प्रश्न गरे ।

१० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणका विषयमा सरकार गम्भीर नबनेको उनको आरोप छ ।

“विद्युत्को आन्तरिक खपत बढाउनुपर्ने हो, तर आज पनि देशमा आन्तरिक खपतको अवस्था कहालीलाग्दो छ । आज पनि, ११३ वर्ष लामो विद्युत् उत्पादनको इतिहास बोकेको हाम्रो देशमा अहिले पनि सबै जनताले विद्युत् प्राप्त गरेका छैनन् । अहिले पनि हजारौँ, लाखौँ घरहरू अँध्यारोमा बसिरहेका छन् । विद्युतीय सवारीसाधन, इन्डक्सन चुलोलाई अहिले पनि ठिक ढंगले प्रयोग गर्न सकिएको छैन । २०२१ को तथ्यांकानुसार ६० प्रतिशत फ्युलमा आधारित परम्परागत र २७ प्रतिशत, डिजेल, पेट्रोल, एलपीजी र कोलको प्रयोग भइरहेको छ र विद्युत्को प्रयोग ४.२ प्रतिशत मात्रै छ । ऊर्जा खपतको हिसाबले यो प्रकारको अवस्था छ । विद्युत् खेर जाने भयो भनेर विद्युत् उत्पादन बन्द गरेर बसेका छौँ । यो प्रकारको कहालीलाग्दो अवस्था छ,” उनले भने, “प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली भारतले खरिद गर्ने कुरा चर्चामा आएको त छ, तर के जुनसुकै देशको ठेकेदार र कम्पनीबाट उत्पादित बिजुली निर्वाध ढंगले पठाउने सन्दर्भमा के त्यहाँ कुनै सहमति भएको छ ? १० हजार मेगावाट बिजुली निर्यात गर्नका लागि आवश्यक पर्ने संरचना निर्माणको प्रक्रियामा हामीले कहीँ गम्भीरता देखाएका छौँ ? कुनै पहलकदमी गरेका छौँ ? छैनौँ । हमीले नारा दिएका मात्रै छौँ ।”

आन्तरिक खपत बढाउनुको साटो विद्युत् खेर जाने भयो भन्दै उत्पादन बन्द गर्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro