site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आरिफ १० रन बनाएर आउट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध ब्याटिङ गरिरहेको नेपालले आरिफ शेखलाई पाँचौ विकेटको रुपमा गुमाएको छ ।

हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङमा आएको नेपालबाट आरिफ १० रन बनाएर आउट भए ।

नेपालले अहिले ४७ ओभरको खेल सकिँदा पाँच विकेट गुमाएर २७१ रन बनाएको छ । हाल क्रिजमा रहेका गुल्सन झा ६ र दीपेन्द्रसिंह ऐरी शून्यमा खेलिरहेका छन् ।

त्यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई ९९, आसिफ शेखलाई ६६, कप्तान रोहितकुमार पौडेललाई ३१ र कुशल मल्ललाई ४१ रनमा गुमाएको थियो । नेपाल र जिम्बाब्वेबीचकोे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको यो पहिलो खेल हो ।

नेपालले पहिलोपटक टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले यसअघि जिम्बाब्वेविरुद्ध ५० ओभरको एकमात्र खेल खेलेको छ । लिस्ट ‘ए’ मान्यता रहेको उक्त खेलमा नेपाल ११६ रनले पराजित भएको थियो ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ का पछिल्लो १२ मध्ये ११ खेलमा जितको नतिजा निकालेको नेपाल घरेलु टिमविरुद्ध पनि सोही लयलाई निरन्तरता दिने योजनामा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro