site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियाली खेलकुदका लागि आर्चरीका चार खेलाडी छनोट

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत आर्चरीका लागि चारजना खेलाडी छनोट भएका छन् । शनिबार भएको छनोटबाट दुई पुरुष र दुई महिला छानिएका हुन् ।

पुरुषतर्फ रिकर्भ तिलक पुनमगर र कम्पाउन्ड योगेन्द्र शेरचन छनोट भए । महिलातर्फ रिकर्भ मञ्जु बजगाई र कम्पाउन्ड इमायुङ राई छनोट भए ।

नेपाल पुलिसका तिलकले १२६७ अंक र गण्डकीका योगेन्द्रले १२८९ अंक प्राप्त गरे । यस्तै, त्रिभुवन आर्मीकी मञ्जुले १०७० अंक र आर्मीकै इमायुङले १३०३ अंक प्राप्त गरिन् ।

एसियाली खेलकुदमा आर्चरीतर्फ हुने १० इभेन्टमध्ये छनोट भएका नेपाली खेलाडीले ६ इभेन्टमा सहभागिता जनाउनेछन् । छनोट प्रतियोगितामा कुल १४ खेलाडीको सहभागिता थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २, २०८०  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro