site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानमा निस्सासिएर दुई खानी मजदुरको मृत्यु, ३५ जना बेहोस
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको सांगन प्रान्तमा निसास्सिएर दुई खानी मजदुरको मृत्यु भएको छ भने अन्य ३५ जना बेहोस भएका छन् ।

सांगन प्रान्तको दरा–ए–सुफ बाला जिल्लाको मेराक दाहाने कोइलाखानीमा बुधबार उक्त घटना भएको अफगानिस्तानी समाचार समिति खामा प्रेसले तालिवानका प्रान्तीय अधिकारीहरूलाई उद्धृत गर्दै आज जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कोइलाखानी गैरव्यावसायिक भएको दरा–ए–सुफ बालाका  गभर्नर मोहम्मद नसिम खैबरसेकानले बताएका छन् । सुरक्षा उपाय नअपनाउँदा उक्त घटना भएको उनले बताएका छन् । बिरामी भएका सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यसअघि गत शनिबार पनि अफगानिस्तानको बाघलान प्रान्तको कोइला खानीमा  निस्सासिएर एकजना मजदुरको मृत्यु भएको थियो भने अर्का एकजना बेहोस भएका थिए । ताला–ओ–बरफाक जिल्लामा रहेको कोइला खानीमा काम गर्ने क्रममा विषाक्त ग्यास चुहिँदा उक्त घटना भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । रासस/सिन्ह्वा

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement