site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादी सांसद भन्छन्– बजेट बरालिएको छ, प्रणाली सुधारमा लाग्नुपर्छ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेट प्रणाली सुधारको आवश्यकता औँल्याएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत छलफलको क्रममा उनले बजेट प्रणाली सुधार गर्नुपर्ने बताएका हुन् । “बजेट प्रणालीलाई संशोधन गर्ने, सुधार गर्नेमा दिशामा लाग्नुपर्छ,” उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

सापकोटाले संसद्मा सांसदहरुहरुको उपस्थिति पातलो देखेपछि त्यस्तो हुनुमा प्रणाली पनि जिम्मेवार रहेको बताए ।

“हाम्रा कुर्सी रित्ता छन् । सायद, माननीय सदस्यहरुको मात्रै यसमा दोष छ जस्तो लाग्दैन । यसका पछाडि बजेट प्रणाली पनि जिम्मेवार छ । पूर्वछलफलमा विषय राख्दै आएका छौँ,” सापकोटाले भने, “छलफलमा बसे पनि हुने, नबसे पनि हुने अर्थात यो छलफलमा सक्रियतापूर्वक रचनात्मक ढंगले भाग लिए पनि यसले ह्रस्व/दीर्घ पनि सुधार गर्दैन । त्यसो भएपछि यहाँ बसेर योगदान किन गर्नुपर्यो भन्ने भावना स्वाभाविक विकास हुन्छ ।”

Global Ime bank

उनले बजेट छलफललगत्तै आगामी वर्षको बजेट तयारी हुनुपर्ने बताए । बजेट सुधार, संशोधन, परिमार्जनको व्यवस्थामा लाग्न पनि उनले आग्रह गरे । नीति कार्यक्रम ठिकै भए पनि बजेटसम्म पुग्दा लय गुमेको उनको टिप्पणी छ ।

“नीति कार्यक्रमसम्म ठिकै लय समातेको थियो । जब बजेट, कार्यक्रम, विनियोजनतिर हामी प्रवेश गर्यौँ, यसले लय बिराएको छ । बरालिएको छ,” सापकोटाले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय