अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार उक्त सुन तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० ११:२४
प्रतिक्रिया दिनुहोस्