राजनीति
काठमाडौं । सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाइएको छ ।
आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाउने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।
मुख्य सचिवमा भने मन्त्रिपरिषद्को आजकै बैठकबाट वैकुण्ठ अर्याललाई नियुक्त गरिएको छ ।
बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजमा सकिँदै थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८० १०:३६
प्रतिक्रिया दिनुहोस्