site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य सचिवमा वैकुण्ठ अर्याल नियुक्त
फाइल तस्बिर ।

काठमाडौं । सरकारले मुख्य सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।

अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत छन् । मुख्य सचिवमा बढुवा नभएका भए अर्यालले आउँदो असार ३ गते अनिवार्य अवकाश पाउने थिए ।

शंकरदास बैरागीको तीनवर्षे कार्यकाल बाँकी हुँदै अर्याललाई मुख्य सचिवमा नियुक्त गरिएको हो । बैरागीलाई भने पदबाट राजीनामा दिन लगाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकार बनाउने निर्णय गरिएको मन्त्री साउदले बताए ।

बैरागीको मुख्य सचिवको कार्यकाल आउँदो असोजमा सकिँदै थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro