site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बेलिंघम ६ वर्षका लागि रियाल मड्रिडमा अनुबन्धित

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले इंग्ल्यान्डका मिडफिल्डर जुड बेलिंघमसँगको सम्झौता प्रकृया पूरा गरेको छ ।

रियालले बेलिंघम लाई जर्मन क्लब बोरुसिया डर्टमन्डबाट ६ वर्षको सम्झौतासहित अनुबन्ध गरेको हो । रियालले बेलिंघमलाई १०३ मिलियन युरोमा अनुबन्ध गरेको हो । बर्मिंघम सिटीबाट करियरको सुरुआत गरेका बेलिंघमलाई रियालले बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गर्नेछ ।

Dabur Nepal
NIC Asia

बुन्डेसलिगामा यो सिजनकै सर्वोत्कृष्ट खेलाडी चयन भएका बेलिंघमले विश्वकपमा पनि इङ्ल्यान्डको टिमबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । बेलिंघमलाई रियाल मड्रिडले क्लबको इतिहासमा दोस्रो सर्वाधिक रकममा अनुबन्ध गरेको हो । यसअघि रियालले सन् २०१९ मा चेल्सीबाट इडेन हाजार्डलाई भित्र्याउँदा ११५ मिलियन युरो खर्चेको थियो ।

यस सिजन डर्टमन्डबाट ४२ खेल खेलेका बेलिंघमले १४ गोल र सात असिस्ट गरेका थिए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro