site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल भित्रियो मनसुन प्रणाली
तस्बिर : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं । नेपालमा यस वर्षको मनसुन प्रणाली आजबाट भित्रिएको छ । कोसी प्रदेश, पूर्वी मधेस प्रदेश, वाग्मती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन प्रणाली आगमन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा एक दिन ढिलो नेपाल प्रवेश गरेको छ । नेपालको अन्य भू–भागहरूमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने विभागले जनाएको छ । 

यो वर्ष कम वर्षा हुने
विभागका अनुसार यो वर्षको मनसुनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । 

यो वर्षको जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले स्पष्ट पारेको छ । यद्यपि, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ छ । 

“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ,” विभागले भनेको छ, “वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने
यो वर्षको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने बताइएको छ । राष्ट्रिय विपद् जोखिम न्यनूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो वर्षको मनसुनमा नोपलभर १२ लाख ५० हजार नागरिक प्रभावित हुने जनाएको हो । 

कोसी प्रदेशमा तीन लाख एक एक हजार १४३, मधेस प्रदेशमा चार लाख तीन हजार १८०, वाग्मतीमा ९६ हजार ८५८, गण्डकी प्रदेशमा ६९ हजार ७४४, लुम्बिनी प्रदेशमा एक लाख ९९ हजार ८६२, कर्णाली प्रदेशमा ३५ हजार ३३३, सुदूरपश्चिम प्रदेशमा ४७ हजार ६० नागरिक मनसुनबाट प्रभावित हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८० स्वीकृत गसिकेको छ ।

नेपालबाट औसतमा अक्टोबर २ मा मनसुन बाहिरिन्छ । तर, यो पनि औसत समय मात्रै हो । योभन्दा केही अगाडि वा पछाडि मनसुन बाहिरिन सक्छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro