site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य तोलामा ९०० ले घट्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा करोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro