site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सीता दाहाललाई किन अस्पताल भर्ना गरिएको थियो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । लामो समयदेखि अचेत अवस्थामा रहेकी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहाललाई सोमबार दिउँसो नर्भिक अस्पताल पुर्‍याइएपछि उनको अवस्था गम्भीर भएको धेरैको आकलन थियो ।

उनलाई सोमबार दिउँसो ३:४० बजे अस्पताल पुर्‍याइएको थियो । झन्डै डेढ घण्टा अस्पतालको सुपरडिलक्स बेड (५०१) मा राखेर उनको स्वास्थ्यजाँच गरिएको थियो । 

साथमा गएका प्रधानमन्त्री दाहालको पनि स्वास्थ्य परीक्षण गरियो । परीक्षणका क्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य देखिएको अस्पतालले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सीतालाई भने के भएको थियो ? 

प्रधानमन्त्रीपत्नी सीता लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) नामक रोगबाट थलिएकी छन् । छोरा प्रकाशको मृत्युपछि उनी यही समस्याका कारण अचेत अवस्थामा छिन् । 

Global Ime bank

पिसाब निस्कासनका लागि उनको पिसाबथैलीसम्म जोडेर कृत्रिम नली (युरिनरी क्याथेटर) राखिएको छ । प्रधानमन्त्रीका निजी चिकित्सक डा. युवराज शर्माका अनुसार सोमबार सोही नलीको अवस्थाबारे परीक्षणका लागि अल्ट्रासाउन्ड गरिएको थियो । 

अल्ट्रासाउन्डले पिसाब प्रक्रियामा कुनै समस्या नदेखाएको डा. शर्मा बताउँछन् । “उहाँको नियमित फलोअप नै हो, बाहिर आएजस्तो अवस्था गम्भीर वा जटिल भएर ल्याइएको होइन, जस्तो पुरानो अवस्था थियो अहिले पनि उहाँको स्वास्थ्य त्यस्तै छ,” डा. शर्माले बाह्रखरीसित भने । 

परीक्षणका क्रममा उनको कल्चर परीक्षण गरिएको र यसको रिपोर्ट भने शुक्रबार मात्रै आउने उनले बताए । 

सीतालाई देखिएको पीएसपी नसासम्बन्धी एक प्रकारको दुर्लभ समस्या हो । जसले मस्तिष्कका कोषहरूलाई विनाश गर्दै लैजान्छ । यस रोगले व्यक्तिलाई शरीर र मस्तिष्क दुवै चल्न नसक्ने अवस्थामा पुर्‍याउँछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय