अर्थ व्यवसाय
1686567336.jpg)
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले दाङको तुलसीपुरमा रहेको टरिगाउँ एयरपोर्टको बजेट नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मार्फत सुनिश्चित हुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा कांग्रेस सांसद दिपक गिरीले टरिगाउँ विमानस्थलमा बजेट विनियोजन नगरेको भन्दै प्रश्न उठाएपछि अर्थमन्त्री महतले जवाफ दिँदै क्यानमार्फत बजेट सुनिश्चित हुने बताए ।
“टरिगाउँ विमानस्थलको लागि क्यानमार्फत बजेट सुनिश्चितता हुन्छ । यो विमानस्थल महत्वपूर्ण छ । पुरानो राप्ति अञ्चललाई नै सेवा दिने ठाँउ भएकाले यसलाई अगाडि बढाइनेछ,” उनले भने ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८० १६:३८
प्रतिक्रिया दिनुहोस्