site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंको वायु अस्वस्थकर, प्रदूषणको मात्रा १०० एक्यूआईभन्दा माथि
फाइल तस्बिर।

काठमाडौं । लामो समय वर्षा नभएसँगै काठमाडौं उपत्यकाको वायु अस्वस्थकर बनेको छ । उपत्यकाका प्रमुख बजार क्षेत्रमा प्रदूषणको मात्रा एक सय एक्यूआईभन्दा माथि पुगेको छ ।

वायु प्रदूषणसम्बन्धी अन्तर्राष्ट्रिय मापक निकाय आईक्यू एयरको सोमबार दिउँसो १२ः४५ बजे को रेकर्ड अनुसार काठमाडौंको अमेरिकी एम्बेसी नजिकैको वायुको ११० यूएस एक्यूआई छ ।

त्यस्तै, कालीमाटी क्षेत्रमा १०६, भक्तपुरको सल्लाघारी क्षेत्रमा ११२ तथा ललितपुरको भैँसेपाटी क्षेत्रमा १०२ यूएस एक्यूआई देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले ५० एक्यूआईसम्म रहेको वायुलाई स्वस्थकर मान्दै आएको छ । ५० देखि १०० सम्मको हावालाई मध्यम, १०० देखि १५० सम्म पुगे रोग प्रतिरोध क्षमता कम भएका व्यक्तिका लागि अस्वस्थकर तथा सोभन्दा माथि भए सबैका लागि घातक हुने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro