site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जर्ज सोरोसको अर्बाैँ डलरको सम्पत्ति छोरालाई हस्तान्तरण
तस्बिर : एपी ।

काठमाडौं । अमेरिकी अर्बपति ‘हेज फन्ड म्यानेजर’ जर्ज सोरोसले आफ्नो अर्बाैँ डलरको सम्पत्ति छोरालाई हस्तान्तरण गर्ने निर्णय गरेका छन् ।

९२ वर्षीय जर्ज सोरोसले ३७ वर्षीय छोरा अलेक्ज्यान्डरलाई २५ अर्ब अमेरिकी डलरको वित्तीय ‘साम्राज्य’ हस्तान्तरण गर्न लागेका हुन् ।

Dabur Nepal
NIC Asia

यसअघि, सोरोसले आफ्नो ओपन सोसाइटी फाउन्डेसन (ओएसएफ) आफ्ना पाँच सन्तानमध्ये कसैलाई दिन नचाहेको बताएका थिए । तर, अहिले उनले आफ्नो मनसाय बदलेको र छोरा अलेक्ज्यान्डर यो पाउने बताएका हुन् ।

ओएसएफ १२० भन्दा बढी देशमा सक्रिय छ । यसले नागरिक समाजलाई सुदृढ गर्न, मानवअधिकारको विकास र भ्रष्टाचारविरुद्ध लड्न वार्षिक रूपमा १.५ अर्ब अमेरिकी डलर खर्च गर्ने गर्छ ।

एलेक्स भनेर समेत चिनिने सोरोसका छोराले जर्नलसँगको अन्तर्वार्तामा आफूलाई बुवाभन्दा बढी राजनीतिक भनेर वर्णन गरेका छन् । उनले संयुक्त राज्य अमेरिकामा वाम झुकाव राख्ने उमेदवारहरूलाई चन्दा दिन जारी राख्ने पनि बताएका छन् ।

जर्ज सोरोस अमेरिकाको डेमोक्र्याटिक पार्टीका लागि सबैभन्दा बढी चन्दा दिने व्यक्ति पनि हुन् । एलेक्स सोरोसका पाँच सन्तानमध्ये चौथो हुन् । अलजजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro