site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकारी जग्गा खाली गराउन महानगरले डोजर चलायो

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा रहेको सरकारी जग्गा खाली गराएको छ ।

वडा नम्बर २९ को वडा कार्यालय बनाउने भन्दै महानगरले डोजर लगाएर सरकारी जग्गा खाली गराएको हो । महानगरको उक्त कदमप्रति भने स्थानीयले विरोध जनाएका छन् ।

Dabur Nepal
NIC Asia

सरकारी जग्गालाई अतिक्रमण हुनबाट रोकेर संरक्षण गर्दै स्थानीयले खेल्ने ठाँउ बनाएको स्थानमा महानगरले जबरजस्ती हस्तक्षेप गरेको उनीहरुको भनाइ छ । उनीहरुले सोही स्थाननजिकै रहेको अन्य दुईवटा सरकारी जग्गामा वडा कार्यालय बनाउन सुझाव दिएका छन् ।

वडा नम्बर २९ ले भने स्थानीयले खेल्ने स्थानमा नै कार्यालय बनाउने तयारी गरेको छ । सोहीअनुरुप वडा कार्यालय बनाउनका लागि सरकारी जग्गा खाली गराएको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

उनले सार्वजनिक जग्गा केही व्यक्तिले अतिक्रमण गरेर बसेकाले नै अतिक्रमित भाग डोजर लगाएर हटाइएको बताए । वडा कार्यालय निर्माण गर्ने विषयमा यसअघि काठमाडौं क्षेत्र नम्बर १ का सांसद प्रकाशमान सिंहसहित बसेको सर्वपक्षीय छलफल पनि निष्कर्षविहीन भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro