site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय परिषद्ले हरिकृष्णलाई सम्झायो अनिवार्य अवकाशको मिति

काठमाडौं । न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको मिति सम्झाएको छ । 

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीलाई आइतबार एक पत्रमार्फत अनिवार्य अवकाशको मिति सम्झाएको हो ।

परिषद्बाट कार्कीलाई लेखिएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि उनी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ । 

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । अब उजुरीमाथिको सुनुवाइ सुरु हुने छ ।

कार्की झन्डै नौ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

हेर्नुहोस् पत्र

351227202_657387459630205_5367466002518324059_n1686498053.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro