site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिन्छ : नेता केसी
फाइल तस्बिर।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले भ्रष्टाचारविरुद्धको अभियानमा कांग्रेस खरो रुपमा उभिने बताएका छन् ।

कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘काठमाडौँ तदर्थ समिति घोषणा’ सभामा उनले भ्रष्टाचारीलाई जोगाउन कांग्रेस नलाग्ने बताए । “कांग्रेस भ्रष्टाचारविरुद्धको अभियानमा खरो रुपमा उभिन्छ । कांग्रेसले भ्रष्टाचारीलाई जोगाउँदैन,” उनले भने ।

Dabur nepal
Agni Group

नेता केसीले कांग्रेसले आउने दिनमा विद्यार्थी, तरुण युवा, महिला, दलित, जनजाती, होटल व्यवसायीलगायतलाई सही ढङ्गले परिचालन गरेर सङ्गठन निर्माणमा लाग्ने बताए । उनले भर्खरै निर्माण भएको तदर्थ समितिले सबैलाई समेटेर अगाडि बढ्न आग्रह गरे ।

कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपाल लोकतान्त्रिक साना होटेल व्यवसायी सङ्घलाई पार्टीको भ्रातृ संस्थाको रुपमा मान्यता दिन आफूले पहल गर्ने बताए ।

उनले देशभरका ८० हजार होटल व्यवसायीले लाखौँ युवालाई रोजगारी प्रदान गर्दै आएको भन्दै होटेल व्यवसायीको सम्मानमा सरकार लाग्नुपर्ने बताए । ग्राहकलाई सन्तुष्टि दिने गरी काम गर्न उनले सम्पूर्ण होटेल व्यवसायीलाई आग्रह गरे । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu