site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
बूढानीलकण्ठमा दुईवटा स्थानीय पाठ्यपुस्तक अनिवार्य, तर अझै नछापिँदा विद्यालय अन्योलमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयलाई दुईवटा विषय अनिवार्य गरेको छ । नगरपालिकाले स्थानीय पाठ्यपुस्तकका रूपमा 'मेरो बूढानीलकण्ठ' र 'हाम्रो बूढानीलकण्ठ' गरी दुईवटा पुस्तक अनिवार्य गरेको हो । 

नगरपालिकाले वैशाख १२ देखि नै शैक्षिकसत्र सुरुवात गरेको थियो । तर, अहिलेसम्म नगरपालिकाले अनिवार्य गरेको पुस्तक दिन सकेको छैन । संस्थागत तथा सामुदायिक विद्यालयले किताब नै नभएपछि कसरी पढाउने भनेर प्रश्न गरिरहेका छन् । तर, नगरपालिकाले भने असार मसान्तसम्म मात्र दिनसक्ने जवाफ दिने गरेको छ । 

“स्थानीय पाठ्यसामग्री नगरपालिकाले अनिवार्य गरेको छ । स्थानीय सरकारको अधिकार नगरपालिकाले प्रयोग गर्नु अस्वाभाविक पनि होइन,” एक संस्थागत विद्यालयको प्रधानाध्यापकले बाह्रखरीसँग भने, “तर, नगरपालिकाले अनिवार्य गरेको पाठ्यसामग्री हामीलाई उपलब्ध गराएको छैन ।”

Dabur nepal
Agni Group

“वैशाखमा शैक्षिकसत्र सुरु गरेर असारमा पाठ्यपुस्तक दिँदा हामीले विद्यालर्थीलाई कसरी पढाउने भनेर हामीले पटक पटक प्रश्न पनि गरेका छौँ । उहाँहरू भने शिक्षकलाई ओरियन्टेसन दिन्छौँ । तर पढाइदिनुस् भन्नुहुन्छ,” ती प्रधानध्यापकले भने । 

नगरपालिकाका प्रमुख मिठाराम अधिकारीसँग नै स्थानीय पाठ्यक्रम कहिले उपलब्ध हुन्छ भन्ने प्रश्नको स्पष्ट जवाफ छैन । किताब छाप्नका लागि काम भइरहेको भन्दै उनले छिट्टै दिने बताए ।

“कहिले दिन सकिन्छ भनेर त भन्न सकिन्न । किताब छपाइको तयारी भइरहेको छ । चाँडै दिन सकिन्छ,” उनले भने । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम अर्याल पनि नगरपालिकामा सरुवा भएर आएको धेरै भएको छैन । उनले सबै कामको जानकारी आफूले पाइनसकेको भन्दै शिक्षा शाखा प्रमुख ललितविक्रम सिंहलाई सोध्न आग्रह गरे ।

शिक्षाशाखाका उपप्रमुख इन्द्रप्रसाद दाहालले नयाँ निर्वाचन भएपछि पुस्तक परिमार्जन गर्दा भाषा, तथ्यसमेत सच्याउनपरेकाले केही ढिला भएको बताए । 

“शिक्षकहरूलाई हामीले तालिम दिइसकेका छौँ । सिलेबस पनि दिइसकेका छौँ र उहाँहरूलाई पहिलो त्रैमासिक त्यसकै आधारमा पढाउनुस् भनिसकेका छौँ,” शाखाका उपप्रमुख दाहालले बाह्रखरीसँग भने, “शिक्षकहरूले परम्परागत शैली अपनाए । सिलेबस भएपछि स्थानीय विषयहरू नै छन् र उहाँहरूलाई पढाउन पनि समस्या छैन । तर, टेक्स्टबुक नै चाहियो भनेर उहाँहरू यस्ता कुरा गरी रहनुभएको छ ।”

शिक्षकहरूले नयाँ प्रणाली स्वीकार नगरेको उनको दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu