काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो तीन बजेदेखि सुरु भएको खेलको पहिलो हाफको इन्जुरी समय तनावग्रस्त बनेपछि रेफ्री प्रज्वल क्षेत्रीले खुमलटारका चार अफिसियललाई रातो कार्ड देखाइसकेका छन् ।
खेलको पहिलो हाफमा ६ मिनेटको इन्जुरी समय थपिएको थियो । तर, खेल तनावग्रस्त बन्दा रोकिएको पहिलो हाफपनि समाप्त भएको छैन ।
लिग च्याम्पियन बनिसकेको चर्च ब्वाइज २५ खेलबाट ४५ अंक जोडेको छ । यस्तै, तालिकाको पुछारमा रहेको खुमलटारको २७ अंक जोडेको छ । रेलिगेसनबाट बच्न खुमलटारालाई आज जित्नै पर्ने दबाब छ ।