site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बजेट डडेलधुरा, गोर्खा र नुवाकोटमा केन्द्रित गरिएको सचिव विष्टको आरोप  
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले गोर्खा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले सत्तारुढ दलका शीर्ष नेताहरूको पहुँचमा हुने गरी बजेट आएको भन्दै मान्य नहुने बताए । 

सचिव विष्टले बजेटले मुलुकको आर्थिक मन्दीलाई सम्बोधन गर्न नसक्ने दाबी गरे । उनले बजेटले मुलुकको समस्या समाधान गर्न नसक्ने बताए । सचिव विष्टले भने, “डडेलधुरा र गोर्खामा बजेट बढ्यो रे । नुवाकोटमा बजेट बढ्यो रे । क्रमागत आयोजनाहरू काटिन्छन् । तर आज केही पहुँचका आधारमा योजनाहरू, बजेट केन्द्रित भएको छ,” उनले भने, “आज विधि र न्याय स्थापित भएन ।” 

सचिव विष्टले वर्तमान सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले मुलुकमा विद्यमान कुनै पनि समस्या सम्बोधन हुन नसक्ने बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement