काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको बिमा क्षेत्रलाई थप प्रभावकारी बनाउन नियामक निकाय र बिमा बजारका खेलाडीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा भएको एसियन इन्स्योरेन्स मिट २०२३ लाई सम्बोधन गदै अर्थमन्त्री डा. महतले नेपालको बिमा क्षेत्रलाई सुुधार गर्न आवश्यक रहेको बताएका हुन् ।
बिमा ब्रोकरले ग्राहकहरूलाई सामना गर्ने जोखिम र तिनीहरूलाई न्यूनीकरण गर्न उपलब्ध बिमाबारे शिक्षित गर्न नसकेको भन्दै नियामक निकाय र बिमा बजारको संस्थागत क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग समेत सहयोगको आह्वान गरे ।
डिजिटल प्लेटफर्महरू अँगालेर र प्रविधिको फाइदा उठाउँदै ब्रोकरहरूलाई फराकिलो रूपमा ग्राहकहरूमा पुग्न र निजीकृत प्रदान गर्न सक्षम बनाउन आवश्यक छ, उनले भने ।
उनले बिमा क्षेत्रमा लचिलोपन निर्माण गर्न सबै सरोकारवालाहरूको सामूहिक प्रयास आवश्यक रहेको पनि बताए ।