site stats
बाह्रखरी :: Baahrakhari
विदेश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
काला मतदाताको पक्षमा अमेरिकी सर्वोच्च अदालतको ऐतिहासिक फैसला 
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले बिहीबार अलाबामा राज्यमा थप प्रतिनिधिसभा निर्वाचन जिल्ला बनाउने पक्षमा फैसला गरेको छ ।

ऐतिहासिक मतदान अधिकार कानुनलाई कमजोर पार्ने रिपब्लिकन नेतृत्वको प्रयासलाई अस्वीकार गर्दै यो फैसला सुनाउन दुई कन्जरभेटिभ न्यायाधीश लिब्रलहरूसँग मिलेका छन् ।

अमेरिकाका प्रधानन्यायाधीश जोन रोबर्ट्स र न्यायाधीश ब्रेट काभानोले तल्लो अदालतको निर्णयलाई नै सदर गरी लिब्रल न्यायाधीशसँग मिलेर फैसला गरेका हुन् ।

Dabur nepal
Agni Group

तल्लो अदालतले अलाबामा राज्यबाट प्रतिनिधिसभा सदस्य छान्ने सात जिल्लामध्ये एकमा मात्रैमा कालो वर्णको सिट अनिवार्य रहेको निर्णय गलत भन्दै फैसला गरेको थियो ।

अलाबामा चारमध्ये एक भन्दा बढी (२७ प्रतिशत) बासिन्दा कालो वर्णका रहेका छन् । त्यसैले अब आउने निर्वाचनका लागि अलाबामा राज्यमा नयाँ निर्वाचन क्षेत्रको नक्सा बनाउनु पर्नेछ ।

यो निर्णयले अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकन र डेमोक्रेटबीच बहुमतका पाउनका लागि प्रभाव पार्ने ठानिएको छ ।

नयाँ नक्साले अलाबामा र लुइसियानामा काला मतदाताहरूलाई थप दुईवटा कंग्रेसनल जिल्लामा आफ्नो मनपर्ने उमेद्वार चयन गर्न अनुमति दिनेछ ।

कंग्रेसनल जिल्ला भनेको अमेरिकी प्रतिनिधिसभाका सदस्य छान्नका लागि गरिएको क्षेत्रगत विभाजन हो ।

यसअघि सन् २०२२ को चुनावका लागि अदालतले पूरानै नक्सा प्रयोग गर्न अनुमति दिएका कारण अहिलेको फैसला अप्रत्याशित बनेको छ । गत अक्टोबरमा समेत न्यायाधीशहरूले सन् १९६५ को मतदान अधिकार ऐन अन्तर्गत जातीय भेदभावको रूपमा यो विषयलाई चुनौती दिएको थियो । एपीन्यूज

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu