site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नागरिक दैनिकको आईपीओ आजबाट बिक्री खुला 

काठमाडौं । नागरिक दैनिक पत्रिका निकाल्दै आएको नेपाल रिपब्लिका मिडियाले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) जेठ २६ (आज) देखि निष्कासन सुरु गरेको छ । यो मिडिया क्षेत्रकै आईपीओ निष्कासन गर्ने पहिलो कम्पनी हो । 

कम्पनीले जारीपुँजी ९६ करोड ७६ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात् प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ करोड ५३ लाख रुपैयाँको बराबरको आईपीओ निष्कसन गरेको हो । 

Dabur Nepal

सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये ४ प्रतिशतले हुन आउने एक लाख ७४ हजार १२० कित्ता आईपीओ कर्मचारीलाई र पाँच प्रतिशत अर्थात् दुई लाख १७ हजार ६५० कित्ता आईपीओ सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।
 
कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि १० प्रतिशतले हुन आउने चार लाख ३५ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो । 

कम्पनीले सर्वसाधारणलाई ३५ लाख २५ हजार ९३० कित्ता आईपीओ निष्कासन गरेको छ । यो आईपीओमा आवेदकले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । जेठ ३० गतेसम्म मागअनुसार आवेदन नपरे असार ८ गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीलाई क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आईआर बी प्लस रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम जनाउँछ । 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । 

कम्पनी गत आर्थिक वर्षको अन्त्यसम्म नोक्सानीमा रहेको छ । यो कम्पनी तीन वर्षसम्म पनि नोक्सानीमा नै चल्ने आह्वान पत्रमा उल्लेख छ । आह्वान पत्रअनुसार आगामी आर्थिक वर्ष २०८१/०८२ सम्म यो कम्पनीको नोक्सानी घट्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro