site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अफगानिस्तानको मस्जिदमा भएको विस्फोटमा ११ जनाको मृत्यु

काठमाडौं । उत्तरी अफगानिस्तानको एउटा मस्जिद नजिकै भएको विस्फोटमा तालिबानका प्रान्तीय उपगभर्नरको स्मारक सेवामा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

बिहीबार नबावी मस्जिद नजिकै भएको विस्फोटमा एक पूर्वतालिबानी प्रहरी अधिकारीको मृत्यु हुनुका साथै अन्य ३० जनाभन्दा बढी घाइते भएको तालिबानद्वारा नियुक्त आन्तरिक मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरले बताए। मारिनेको संख्या अझै बढ्न सक्ने टकोरले बताएको अल्जजिराले लेखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मंगलबार कार बम विस्फोटमा मारिएका बदख्सानका डेपुटी गभर्नर निसार अहमद अहमदीको सम्झनामा श्रद्धाञ्जली दिने क्रममा विस्फोट भएको हो। बदख्सानको राजधानी फैजाबादमा भएको उक्त आक्रमणमा डेपुटी गभर्नरका ड्राइभरको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका थिए।

बिहीबारको विस्फोटमा बागलानका पूर्वतालिबान प्रहरी प्रमुख सफिउल्लाह समिमको मृत्यु भएको सूचना र संस्कृतिका तालिबान अधिकारी मोजुद्दीन अहमदीले बताए।

अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईले मस्जिदमा बम विस्फोट गर्नु 'आतंकवाद' को कार्य हो र 'मानव र इस्लामिक मापदण्डहरू विरुद्ध' भएको ट्विटमा भनेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  २२:५२
प्रतिक्रिया दिनुहोस्