राजनीति
नेसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक आजबाट सुरु हुने भएको छ । आज र भोलि दुई दिन बस्ने बैठक लोकन्थलीको एक पार्टी प्यालेसमा बस्नेछ ।
बैठकमा अध्यक्ष डा. बाबुराम भट्टराईले ‘अबको राष्ट्रको संकल्प : नयाँ समाजवादी विकल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुनेछ ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तय गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०८:४६
प्रतिक्रिया दिनुहोस्