site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकाको ८३ वर्षे इतिहासमा आफ्नै राष्ट्रपति ट्रम्पविरुद्ध उम्मेदवारी दिँदै माइक पेन्स
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका उपराष्ट्रपति माइक पेन्सले सन् २०२४ को राष्ट्रपतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

अमेरिकी इतिहासको करिब ८० वर्ष भन्दा लामो अवधिमा आफ्नै राष्ट्रपतिको प्रतिद्धन्द्धी बनेर लड्ने उनी पहिलो उपराष्ट्रपति बनेका छन् । र यस्तो गर्ने तेस्रो उपराष्ट्रपति पेन्स बनेका छन् ।

माइक पेन्सले बुधबार आफ्नो पहिलो र्‍याली अमेरिकी राज्य आईओवामा गर्ने तय भएको थियो ।

यसअघि वर्तमान उपराष्ट्रपतिले वर्तमान राष्ट्रपतिलाई चुनौती दिएको अमेरिकी राष्ट्रपतिको चुनाव सन् १८०० थियो । त्यतिबेला थोमस जेफरसनले जोन एडम्सलाई चुनौती दिएका थिए ।

यस्तै, सन् १९४० मा त्यतिबेला डेमोक्र्याटिकका राष्ट्रपति फ्र्यांकलिन डेलानो रुजवेल्ट तेस्रो कार्यकालका लागि उठ्दा उपराष्ट्रपति जोन नान्स गार्नरले उनलाई चुनौती दिएका थिए ।

सन् २०२४ को सुरुमा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार तय गर्न आन्तरिक चुनाव हुनेछ ।

त्यसमा यसअघि नै उम्मेदवारी घोषणा गरेका ट्रम्पसँगै पेन्स पनि भिड्ने भएका हुन् । यस्तै फ्लोरिडाका गर्भनर रोन डिसेन्टिसले पनि रिपब्लिकन पार्टीबाट उम्मेदवारीको घोषणा गरेका छन् ।

सन् २०१६ मा ट्रम्पले पेन्सलाई आफ्नो 'रनिङ मेट' बन्न आग्रह गर्दा पेन्स इन्डियाना राज्यका गभर्नर थिए। सन् २०२० मा राष्ट्रपति जो बाइडेन छानिएको चुनावी नतिजाका बेला ट्रम्प र पेन्सको सम्बन्ध बिग्रिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro